पोखरा इन्टरनेटको फाइवर क्लिन अप शुरु

पाेखरा | जेठ २२, २०८०

पोखरा इन्टरनेटको फाइवर क्लिन अप शुरु

पोखरा: इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेट प्रा.लिले फाइवर क्लिन अप कार्यक्रम सोमबारबाट शुरु गरेको छ ।

 

विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले पोखरा महानगरपालिका वडा ४ सगँको सहकार्यमा कार्यक्रम आयोजना गरेको  मार्केटिङ अफिसर आशुतोष सुनारले जानकारी दिए ।

 

फाइवर क्लिन अप कार्यक्रम वडा ४ को  कार्यलबाट पालिखे चोकसम्म गरिएको हो । पोलमा झुण्डिएका तथा लत्रिएका अव्यबस्थीत देखिएका तारहरुलाई ब्यवस्थीत गर्नको लागि  फाइवर क्लिन अप कार्यक्रम शुरु गरिएको पोखरा इन्टनेटका प्रा.लिका प्रमुख कार्यकारी अधिकृत बिजेश पालिखेले बताए ।

 

वडा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले अब्यवस्थीत तारहरु ब्यवस्थीत गर्न चुनौति रहेको बताए । उनले २ संस्थाबीच समन्वय र सहकार्य गर्दे अगाडि बढ्ने बताए ।

 

प्रा.लिका जनरल म्यानेजर बरदान लामाले कार्यक्रम प्रभावकारी भएको हुनाले आगामि दिनहरुमा निरन्तरता दिइने बताए । कार्यक्रममा फाइवर क्लिन अफ बिभागका १५ जना कर्मचारीको सहभागिता रहेको थियो । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्